बारा, पर्सा , रौतहट , सर्लाही र मकवानपुर जिल्लाबाट १ सय ४० जनाको थ्रोट स्वाब संकलन गरी बीरगंजको नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा ३६ महिला सहित ९१ जनामा थप कोरोना संक्रमण पुष्टि भएको नारायाणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोजरोशन दासले बताउनु भयोा संक्रमित हुनेहरुमा ७६ जना पर्सा, ९ जना बारा, ३ जना सलार्ही, र एक एक जना रौतहट , सप्तरी गरी मकवानपुरका रहेका छन बीरगंज महानगरपालिका नगर क्षेत्रका ६८ जना वासिन्दाहरुमा कोरोना संक्रमण देखीएको होा बीरगंज महानगरपालिका वडा नम्बर २, ३, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६ २२, २४, र ३० का वासिन्दाहरुमा कोरोना संक्रमण पुष्टि भएको डाक्टर दासले बताएका छन यसैगरी पर्साको बहुदरमाई नगरपालिका , जगरनाथपुर गाउँपालिका, र बिन्दवासिनी गाउँपालिका रहेका छन उनीहरुको सिटी भ्यालु १४ देखी ३५ सम्म रहेको छ भने ६ वर्षीय बालक देखी ७९ वर्षीय बृद्धलाई कोरोना संक्रमणको लक्षण देखा परेको होा