बीरगंज महानगरपालिकाले स्थापना गरेको कोराना नियन्त्रण गर्न खरिद गर्न लागिएको पिसिआर मेशिन खरिद गर्नका लागी उधोग वाणिज्य संघले ७० लाख, ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण भएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा बीउवासंघ र बीरगंज महानगरपालिकाको बीचमा पिसिआर मेशिन संचालन सम्बन्धी सम्झौता पत्र आदान प्रदान समेत भएको थियो । सो अवसरका उद्योगी ब्यावसायीहरुको तर्फबाट संघका अध्यक्ष गोपाल केडिया र बीरगंज महनागरपालिकाको प्रमुख बिजय कुमार सरावगीले हस्ताक्षर गर्नुभएको छ ।समारोहमा नगर प्रमुख बिजय कुमार सरावगीले पर्सालाई कोरोना मुक्त बनाउनको लागि नयाँ खरिद हुने पिसिआर मेशिन संचालन पछि सहयोग पुग्ने धारणा ब्यक्त गर्नुभएको थियो । उहाँले सरकारी स्तरबाट सहयोग नभएपनि नपा आफैंले संचालन गरेर कोरोना मुक्त गराएरै छाड्ने दृढता समेत ब्यक्त गर्नुभयो । कार्यक्रममा संघका अध्यक्ष गोपाल केडियाले संकटका बेलामा उद्योगीहरुले सहयोग गर्ने परम्परा रहेकोले समाजको अभिन्न अंगका रुपमा बीरगंजका उद्योगी ब्याबसायीहरु रहेको धारणा राख्नुभएको थियो ।
कार्यक्रममा उपप्रमुख शान्ति कार्की, कार्यकारी सचिब प्रदिप निरौलाले पनि बोल्नुभएका्े थियो कार्यक्रममा उद्योगपति बिरेन्द्र संघाइले २० लाख, बाबुलाल चाचानले १० लाख, अनिल रुँगटाले ५ लाख, राजेश अग्रवालले ६ लाख, आत्मराम काबराले ५ लाख, मुरलीधर रुँगटाले ५ लाख, अशोक बैदले २ लाख, सत्यनारायण क्यालले २ लाख, हिरालाल केडियाले ५ लाख, चिरञ्जिबि लाल सरावगीले १ लाख सहयोग गरेको समाचार प्राप्त हुन आएको छ ।
सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, उद्योगपि राम अवतार खण्डेलवाल, सन्जय खेतान लगायत संचारकर्मी र उद्योगी ब्याबसायी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । सौजन्य