मर्यादा पुरुषोतम राम मन्दिरको उद्घाटन तथा भगवान श्री राम ललाको मुर्ति प्राण प्रतिष्ठाको वार्षिक उत्सवमा बीरगंजका हिन्दु संगठनहरुले बिभिन्न पुजा आर्चनाको कार्यक्रम गरी धुमधाम साथ मनाएका छन् । श्री राम जन्मभुमि अयोध्या मन्दिरमा भगवान श्रीरामको प्राण प्रतिष्ठानको शुभ वार्षिकोत्सव अवसरमा नेपाल जनता पार्टी पर्सा जिल्ला समितीले भब्य शोभयात्रा निकालेको हो । जय श्रीरामको नारा लगाउँदै बीरगंजको लालबंगलाबाट निस्कीएको शोभयात्रा धण्टाघर, माईस्थान , आर्दशनगर, धडिअर्वा लगायत नगर परिक्रमा गरी लालबंगला पुगी समापन भएको थियो । शोभयात्रामा सयौको संख्यामा भतmजनहरुको सहभागिता रहेको थियो । शोभयात्रामा सहभागी भएका श्रदालुहरुले श्रीराम , हर हर महादेव , जय श्री हुनमान नारा लगाउँदै धर्म परिर्वतन गराउने ब्यतिmहरुलाई कारवाही होस नारा लगाएका छन् । मकार्यक्रममा नेपाल जनता पार्टीका वरिष्ठ नेता सन्तोषानन्द महाराज, केन्द्रीय उपाध्यक्ष ओमप्रकाश जयसवाल, केन्द्रीय सदस्यहरू सुरेश साह कानू, विनोद कुर्मी, पारस दुबेदी, प्रहलाद साह कलवार, गोपाल दास, मधेश प्रदेश अध्यक्ष शत्रुघन साह, पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी, उपाध्यक्ष धीरज साह कानू, महामन्त्री नवीन मिश्रा, मन्त्री आनन्द सिंह कुर्मी, रौतहट जिल्ला अध्यक्ष मनोज पटेल, सरलाही जिल्ला उपाध्यक्ष मणिशंकर सिंह , महिला मोर्चा पर्सा संयोजक संगीता गुप्ता, बारा जिल्ला महिला मोर्चा संयोजक तारा देवी, बहुदरमाई नगरपालिका संयोजक मुन्ना साह तेली, सखुवा प्रसौनी गाउँपालिका संयोजक भगल महरा, नेपाल विद्यार्थी परिषद् ठाकुरराम बहुमुखी कलेजका अध्यक्ष हिरामन पंडित र सल्लाहकार आशीष महतो लगायतका नेपाल जनता पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । यसैगरी हिन्दु परिष्द नेपाल नगर कमिटीको आयोजनामा बीरगंजको माईस्थान मन्दिरमा हनुमान आराधना एवम सनातन बैधिकहवन पुजन गर्नुको साथै मंगलवार साझ १ लाख २५ हजार दिप प्रजवलित पनि गरिएको हो। हिन्दु परिषद नेपाल महानगर समिति ले गरेको कार्यक्रममा प्रमुख अतिथि महामन्डलेश्वर महन्थ श्री श्री १००८ सुरेन्द्र दास जी महाराज ले गर्नुभएको थियो भने कार्यक्रम हिन्दु परिषद का केन्द्रिय अध्यक्ष संजय सरार्फ ,हिन्दु परिषद नेपालका लाल बाबु प्रसाद, अबोध केवट, सच्चीता नन्द दुवे, ध्रुव सिंह ठकुरी, हरेन्द्र पटेल, ओम गुप्ता, बन्दना शर्मा, चन्दा शर्मा, पुरूषोत्तम दुवे, देव नाथ उपाध्याय, नरेन्द्र तिवारी, जितेन्द्र पुरूष ढकाल, रूपसिला जयसवाल, उमेश श्रेष्ठ, नगर अध्यक्ष श्यामबाबु गुप्ता अजिता देवी पटेल, चितरंजन श्रीवास्तव, राहुल बाडीया, भरत साह कानु,सुभाष सिंह, छबी सरार्फ, बबीता गुप्ता,उमेस साह कानु एवम् श्रधालु भक्तजनहरुको उल्लेखनीय उपस्थिती रहेको थियो। भगवान श्रीरामको प्राण प्रतिष्ठाको उपलक्ष्यामा बीरगंजको झाँकी , बाजा गाजा सहित प्रर्दशन समेत गरिएको थियो । गत वर्ष भारतको उत्तर प्रदेश स्थित रहेको अयोध्यामा मर्यादा पुरुपोत्तम श्रीरामको प्राण प्रतिष्ठा गरिएको थियो । त्यसैगरी रामललाको प्राण प्रतिष्ठाको वार्षिकोत्सवको अवसरमा वीरगञ्ज महानगरपालिका वडा नं। १६ गणेश टोल बाइपासस्थित माँ वैष्णो देवी मन्दिर परिसरमा ५१ हजार दीप प्रज्वलन गरी दिपोत्सव मनाईएको छ । हिन्दु स्वयंसेवा संघ तथा बिश्व हिन्दु परिष्दको आयोजनामा गरिएको माँ बेष्णो देबीको मन्दिर परिसरमा दीप प्रज्वलन कार्यक्रममा स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो ।