पर्सा प्रहरीले २०८० , २०८१ चलु आर्थिक वर्षको बैशाख महिना भित्र ६ करोड, १३ लाख, ६८ हजार ४४ रुपैया राजस्व संकलन गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेश बिज्ञप्तीमा पर्सा जिल्लाको बिभिन्न स्थानहरुबाट भन्सार छली गरी ल्याएको लताकपडा, खुद्रा, किराना, औषधी , ईलेक्ट्रोनिक्स लगायत तस्करीहरु सामान नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैया बारा तथा बीरगंज भन्सार कार्यालयमा पठाइएको प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा कुमार बिक्रम थापाले जानकारी दिनुभयो । पर्साका प्रहरी उपरिक्षक कुमोद ढुगेंललेको नेतृत्वमा खटिएको प्रहरी टोलीले पर्सा जिल्लाको बिभिन्न स्थानहरुबाट नियन्त्रणमा लिइएको तस्करी सामा्रगीबाट ६ करोड , १३ लाख, ८८ हजार ४४ रुपैया राजस्व दाखिला गर्न सफल भएको हो । प्रहरीले फैसाल कार्यन्वयन तर्फबाट १५१ ५ वर्ष २९ दिन कैद, १५ लाख, ८ हजार ७ सय , ४२ रुपैया, चालु मुद्दा फरार अभियुतm ११ जनालाई पक्राउ गरिएको, हुण्डीका कारोबारीमा ३ जना पक्राउ तथा ३५ लाख, २० हजार ७०० रुपैया बरामद, नक्कली नोट १३ लाख, २३ हजार बरामद गरिएको , चोरी भएको मोबाईल फेला पारी ४२ जनालाई जिम्मा लगाइएको, लागु औषध गाँजा १५ केजी, खैरौ हिरोईन ५७ , ४५ ग्राम , हथियार एक थान, कोरेक्श ६७ बोतल , नाइट्राभेट ७९९ पिस, फेनारगन ३० एम्पुल लगायत सामानहरु नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरिक्षक थापाले बताउनु भएको छ । पर्सा प्रहरीले बैशान महिना भित्र प्रगती बिवरण सार्वजनिक गरेको हो । यसैगरी बैशाख महिना भित्र पर्सा प्रहरीले भारतीय कुख्यात अपराधी बब्लु पासवानलाई पक्राउ गरेको छ ।