
सार्वजनिक सम्पती मिच्न पाईदैन दलाली राजनिति चाहिदैन, अधि बढ राजेश मान जनता तिम्रै आसमा छन् , नालामाथिको घर सफाचट चरित्र हत्यामा उत्रिए सफाकत, बिकास बिरोधी मृर्दावाद , बीरगंजको शान राजेश मान जस्ता नारा लगाउंदै मेयर सिंहको समर्थनमा नागरिक समाजको अगुवाईमा शान्तिपुर्ण रयाली निकालेर प्रर्दशन गरिएको छ ा दलाल, भुमाफिया , बिकास बिरोधी हासियार बैभवशाली बीरगंज हाम्रो साझा सारोकार , बीरगंजको बृहतर बिकासको लागि निर्वाचित सशतm नेतृत्वलाई नागरिक समाजको ऐक्यबद्धता बाईनर बोकेको रयाली घंटाघर , माईस्थान, आर्दशनगर अलखियामठ, घडीअर्वा हुदै नगरको परिक्रमा समेत गरेको थियो ा रयालीमा नागरिक समाजले हातमा प्ले कार्ड लिएर प्रर्दशन गरेका हुन् ा हजारौ भन्दा बढीको संख्यामा रहेका उत्रिएका मेयर राजेश मान सिंहका समर्थकहरुले बीरगंजको बिकासमा केही नेताहरु अवरोध सिर्जना गरि चरित्र हत्या गर्न लागि परेको बताएका बताएका छन् ा दुई दशक देखी बिकाश नभएको बीरगंज अहिले बिकाश हुनथाले पछि स्थानिय केही राजनितिक दलका नेताहरुलाई बिकास गरेको नपचेको भन्दै बिकाश प्रेमी मेयर सिंहको साथमा बीरगंजवासीहरु छन् यो रयालीले स्पष्ट देखिएको ५५ वर्षीय हरि कुर्मीले भने, बीरगंजको बिकास सन्र्दभमा मेयर सिंह अहोरात्र खटिरहेको तथा १९ महिनामा बीरगंजका मुार परिर्वतन समेत गर्न सफल भएको रयालीमा सहभागी भएका बीरगंज महानगरपालिका १६ निवासी बलराम यादबले बताए ा बीरगंजको बिकास नगरेर जहिले पनि आफनो बिकाश गर्न नेताहरु आज बौल्याएर मेयर सिंहको चरित्र हत्यामा लागि परेको हुनाले बीरगंजका जनता तिम्रो साथमा छ , बिकासको कार्य अझै अगाडी बढाउं नगर प्रमुखलाई हौसला दिनका लागि उतm रयालीमा म पनि सहभागी भएको कक्षा १२ मा अध्ययनरत रहेका बीरगंज महानगरपालिका २३ बस्ने ओम साहले भने, नागरिक समाजको ब्यानर राखेर निकालिएको ¥यालीमा महानगरको ३२ वटै वडाका बासिन्दा, विभिन्न वडाका वडाध्यक्ष, नागरिक समाजका अगुवा,प्राध्यापक,एनप्याब्सन र प्याब्सनमा आबद्ध नीजी विद्यालयका सञ्चालक, नेपाली कांग्रेस, जसपा, नेकपा एमालेका नेता कार्यकर्ता, तेश्रो लिङगी, समलिङगी,महिला,पुरुष,बृद्धबृद्धा लगायतकोपनि सहभागीता थियो ¥यालीसहितको प्रदर्शनपछि नागरिक समाजका अगुवा दिपक शाक्य, वडाध्यक्षहरु प्रदीप चौरसिया,बैजुलाल स्वर्णकार,हीराकाजी महर्जन, जगत साह कानु लगायतको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो । उक्त ज्ञापनपत्र मार्फत ‘बैभव वीरगन्ज’ बनाउने अभियानमा लागेको महानगरको वर्तमान नेतृत्वकाविरुद्ध भ्रामक तथा अनग्रल प्रजारबाजी गर्ने र वीरगन्जको सामाजिक तथा धार्मीक सद्भाव बिगार्न खोज्नेलाई तत्काल छानविन गरि कारबाहीका दायरामा ल्याउन माग गरिएको छ । वीरगन्जलाई बैभव बनाउन गरिरहेको काममा अवरोध ल्याउने तत्वहरुले महानगरको नेतृत्वको बारेमा पछिल्लो केही समययता जथाभावी अनर्गल प्रचारबाजी गरेको प्रति ध्यानाकर्षण भएको भन्दै वीरगन्ज बनाउँछु भनेर कम्मर कसेर अग्रसर भएको नेतृत्वको उत्साह जगाउनुको सट्टा उसको मानमर्दन गर्दै, तथाकथित काल्पनिक झुठा प्रचारबाजी गरेर मनोबल घटाउने कार्य निन्दनीय भएको ज्ञापनपत्रमा उल्लेख छ । वीरगन्जका सार्वजनिक जग्गा र सम्पत्तिमा केही माफियाहरुले वर्षौंदेखि चलाएको रजगज अहिलेको नेतृत्वले अन्त्य गर्दै सयौँ विघा जग्गा अतिक्रमित जग्गा एवं पोखरी महानगरको अधिनमा ल्याएर सार्वजनिक हितका लागि प्रयोगमा ल्याएपछि त्यसबाट अत्तालिएका तत्वहरुले नेतृत्व बारे अनर्गल प्रचारबाजी गरेपछि मेयरको समर्थनमा महानगरबासी सडकमा उत्रिएको ज्ञापनपत्र बुझाउन गएको टोलीमा सहभागी वीरगन्ज–५ का वडाध्यक्ष प्रदीप चौरसियाले बताए । उनले भने,‘अहिलेको नेतृत्वले वीरगन्जको मुहार नै फेर्ने गरि काम गरिरहेको सबै सामु छर्लङ्ग नै छ ।सार्वजनिक सम्पत्ति संरक्षण, भूमाफियाहरुले अतिक्रमण गरेका जग्गा फिर्ता, नालामाथि बनेका संरचना हटाउँदै, सहकारी पीडितका समस्या सम्बोधनका लागि सञ्चालकहरुलाई कारबाहीका लागि सिफारिस लगायतका जनपक्षीय काम धमाधम गरिरहेको मेयरलाई रोक्न षड्यन्त्र स्वरुप बाहिर भ्रामक प्रचारबाजी गर्न लागिएको यथार्थ बुझेर नै मेयरको समर्थनमा नगरबासी सडकमा उत्रीएका हुन् । उनले भने,‘अहिले भइरहेको विकासको रफ्तारलाई कसैले रोक्न खोज्छ भने त्यसलाई वीरगन्जबासीले कडा जवाफ दिनेछन् ।’ बिहीबारको प्रदर्शनमा नेपाली कांग्रेसका महानगर सभापति मणिन्द्रलाल श्रेष्ठ,नेकपा एमालेका वीरगन्ज महानगर सचिव सुन्दर कुर्मी, एमाले युवा नेता तेजप्रकाश निषाद,जसपाका महानगर अध्यक्ष इश्वरचन्द्र यादव लगायतकोपनि सहभागीता थियो । जिल्ला प्रहरी कार्यालय पर्साको पश्चिम पटी रहेको लालबंगला दरबारबाट निस्कीएको हो ा