मधेशी जनतालाई गाली गलौज गर्ने नेतालाई मत नदिने मधेशका जनताहरुले संकल्प लिएका छन् । गत स्थानिय तहको निर्वाचनमा मधेशी जनताको मत लिई बिजयी भएका बीरगंज महानगरपालिका निर्वतमान मेयर बिजय सरावगीले सम्पुणर््ा मधेशी जनतालाई गाली गलौज गरेको हुनाले यस पालीको निर्वाचनमा वहाँलाई कुनै हालतमा मत नदिने बीरगंज महानगरपालिका वडा नम्बर ३२ बस्ने वकिलको भनाई रहेको छ । गत वर्षको स्थानिय तहको निर्वाचनमा संघीय समाजवादी फोरम पार्टीबाट चुनाव लडेका बिजय सरावगी मेयर पदमा बिजयी हासिल गरेका ब्यतिm हुन् । त्यसबेला वहाँलाई पर्सा जिल्ला क्षेत्र नंम्बर १ का सांसद प्रदिप यादब , मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी , जिल्ला समन्वय समिती पर्सा जिल्लाका संयोजक नेक मह्म्मद लगायत नेताहरुको साथ पाउँदा बिजय सरावगी बीरगंजको मेयर पदमा निर्वाचित भएका हुन् । ब्यापारी तथा उधोगपबिाट राजनितिकमा आएका बिजय सरावगीले बीरगंजको बिकाश गर्लान भने आशमा मधेशी जनताहरुले आफनो अमुल्य मत दिइ बिजयी गराएका थिए । मधेशी जनताहरुले सरावगीलाई मेयर पदमा निर्वाचित गराउनु मुख्य पाँच कारण थियो ।
पहिलो कारण
मधेश आंदोलन उच्च बिन्दुमा हुदां मधेश आंदोलनको नेतृत्व गरेका जनता समाजवादी पार्टीका नेता हाल पर्सा क्षेत्र नम्बरका १ सांसद प्रदिप यादब लगायत मधेशी नेताहरुले तत्कानिल संघीय समाजवादी पार्टीबाट बीरगंजको मेयर पदमा चुनाव लडेका बिजय सरावगीलाई निर्वाचनमा साथ दिदां सरावगी चुनाव जितेका थिए ।
दोस्रो कारण
बीसवर्ष देखी जनप्रतिनिधी बिहीन भएको बीरगंज महानगरपालिकामा नयाँ अनुहार जनताहरुले रुचाएका थिए । जुन बीरगंजको बिकाश होस भष्ट्रचार न्युनीकरण होस, बेरोजगार युवाहरुलाई रोजगारको ब्यवस्था गर्नेछन् भन्दै बीरगंजवासीहरुले सरावगीलाई मत दिई बिजयी गराएका हुन् ।
तेसा्रे कारण
तत्कालिन संघीय समाजवादी पार्टीबाट मेयर पदमा चुनाव लड्दा बिजय सरावगीले मेरो कसम भनेर घोषणा पत्र सार्वजनिक गरेका थिए। निर्वतमान सरावगीले जारी गरेको मेरो कसमको घोषणा पत्र मधेशी जनताहरुले मन पराएका थिए । उतm घोषणा पत्रमा मधेश आंदोलनमा घाईते भएका परिवारलाई उचित क्षतिपुर्तिको स्थानिय तहबाट ब्यवस्थापन हुने, मधेशी युवाहरुलाई रोजगार पाईने, किसानहरुलाई उचित राहत ल्याउने जस्ता घोषण पत्रमा सार्वजनिक गर्दा बीरगंजवासीहर केही मात्रामा घोषणा पत्रबाट प्रभावित भई बीरगंजको मुहार फेरिएला भन्ने आशमा मतदान दिई बिजयी बनाएका हुन् ।
चौधो कारण
ब्यापारी तथा उधोगपतिको पृष्ट भुमिबाट आएका बिजय सरावगीले बीरगंज नगर क्षेत्रलाई बिकाश गर्लान भन्दै बीरगंजका धनाढ्य , उधोगपति, ब्यापारी लगायत मध्य वर्गका ब्यापारीहरुले सरावगीलाई मतदान दिएका हुन् ।
पाँचौ कारण
तत्कालिन मधेश पार्टीबाट चुनाव लडेका सरावगीले राज्यले मधेशी जनतालाई भेदभाव गरेको भन्दै मधेशी जनताहरुलाई झासा दिई मधेशीहरुलाई आफुतिर आर्कषित पारी मतदान लिन सफल भएका ब्यतिm हुन् ।
हिजो मधेशीको मतलिई मेयरमा निर्वाचन भएका निर्वतमान बिजय सारवगीले मधेशी पार्टी परित्याग गरी एमाले पार्टी प्रवेश गरीसकेका छन् । सुर्य चिन्हबाट यही बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा बीरगंज महानगरपालिका मेयर पदको लागी मनोनयन दर्ता गराएका छन् । मधेशी पार्टी परित्याग गरेपनि एमालेमा प्रवेश गरेका बिजय सरावगीले मधेशी जनता र मधेशी पार्टीलाई गाली गलौज गरेको हुदां बीरगंजका मधेशी वासिन्दाहरुले यही बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा मत नदिने संकल्प लिएका बीरगंज वडा नम्बर २७ का राजेश्वर कुमीले भने, मधेशी जनताको मत लिई बिजयी हुने नेताले मधेशी पार्टीलाई गाली गर्लोज गर्ने नेता सरावगीलाई कसरी मत दिन सक्छौ, मधेशी बिरोधी रहेका सरावगीले मेयर पदमा रहंदा पनि बीरगंजको बिकाश गर्ने सकेनन् । बरु बीरगंजलाई ध्व्स्त पारे रामटोलमा अरुणको भनाई रहेको छ । एमाले पार्टीबाट बीरगंज महानगरपालिका मेयर पदमा लडेका बिजय सरावगीले मधेशी पार्टीलाई गाली गर्लौज गर्दे हिडेको जनता समाजवादी पार्टीका नेता एवम् पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले पनि बिभिन्न सार्वजनिक कार्यक्रममा बोलेको आरोप लगाएका छन् । मधेशी बिरोध सोच राखेका सरावगीको वास्तविक अनुहार हेर्न पाएको बीरगंज वडा नम्बर २५ का निवासी नरेश साहले आरोप लगाए । अहिले एमाले पार्टीबाट चुनाव लडेका बिजय सरावगीको साथमा मधेशी जनताहरुको सहयोग नरहेको बताएका छन् । यस सम्बन्धमा बिजय सरावगीको मोवाईल नम्बर ९८५५०२१०८८ मा फोन गरी बुझन खोज्दा वहाँले मोबाईल उठाउनु भएन् ।