बीरगंजको नारायणी अस्पतालाई लायन्स क्लब इन्टरनेशनलले ४५ लाख बराबरको स्वास्थ्य उपकरणहरु सहयोग गरिएको छ । हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर २ का उर्जा, खानेपानी तथा सिँचाई मन्त्री ओप्रकास शर्माले लायन्स क्लबद्वारा प्रदान गरिएको भेन्टीलेटर २ थान, ब्रेन सर्किट २० थान, सि प्याप मास्क २० थान, एनआइभी (बी प्याप वीथ ह्युमिडिफायर) २ थान, एनआइभी (बी प्याप वीथआउट ह्युमिडिफायर) २ थान, १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर २ थान लगायत ४५ लाख मुल्य बराबरका स्वास्थ्य उपकरण अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिरेन्द्र प्रधान तथा नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोरलाई हस्तान्तरण गर्नु भएको थियो । लायन्स क्लब ईन्टरनेशनलका पाष्ट मल्टीपल काउन्सिल चेयरपर्सन लायन रमेश अग्रवालले कोरोनाको तेश्रो लहरलाई मध्यनजर गर्दै पुर्वतयारी स्वरुप लायन्स क्लब ईन्टरनेशनलको सहयोगमा प्राप्त भएका स्वास्थ्य उपकरणहरु नारायणी अस्पताललाई सहयोग गरिएको बताउनु भयोा
लायन्स क्लब एरिया नम्बर २ का एरिया चिफ लायन बासु तिमिल्सिनाको सभापतित्वमा सम्पन्न भएको स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक्ट गभर्नर लायन राम प्रसाद भट्ट, भाइस डिष्ट्रिक्ट गभर्नर लायन सि.बी. चन्द, पाष्ट ईन्टरनेशनल डाइरेक्टर लायन संजय खेतान, डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन डि.एन. अग्रवाल, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिव श्याम बन्जारा, लायन्स क्लबका को–चिफ डिष्ट्रिक्ट एडभाइजरद्वय लायन रामबिहारी पाण्डे, लायन देव चौधरी, लायन आशा अग्रवाल, लायन आकाश सर्राफ, लायन विजय गुप्ता, एरिया सेक्रेटरी लायन उमेश शर्मा, रिजन चेयरपर्सन लायन विजया ओझैया, जोन चेयरपर्सन लायन आश्मा सिंह यादव, लायन श्याम गुप्ता, लायन रामेश्वर गुप्ता, डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन गुड्डी जोशी, लायन उमेश साह कानु, लायन विजय कुशवाहा, लगायतको उपस्थिती रहेको थियो